धादिङ २१ भाद्र
आइतबार धादिङमा कोरोना भाइरसबाट थप ११ जना सङ्क्रमित पुष्टी भएका छन् । थप पुष्टी हुनेहरुमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. २ का १७, २२ र २७ वर्षीय पुरुष तथा ८ वर्षीय बालिका गरी ४ जना, नीलकण्ठ नगरपालिका वडा नं. ३ का ३६ वर्षीय पुरुष, वडा नं. १४ धुवाकोटका ३२ वर्षीय महिला, गल्छी गाउँपालिका वडा नं. ४ का ३६ र ६ वर्षीय बालिका, ज्वालामुखी गाउँपालिका वडा नं. २ का २७ वर्षीय पुरुष, सिद्धलेक गाउँपालिका वडा नं. १ का ३० वर्षीय पुरुष र ठेगाना नखुलेका ३५ वर्षीय १ पुरुष रहेको स्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य अधिकृत जेसिका थापाले जानकारी दिनु भयो । धादिङमा आइतबारसम्म कोरोना भाइरसबाट सङ्क्रमित हुनेको कुल सङ्ख्या २ सय ६८ रहेको छ भने १ सय ६६ जना निको भएर घर फर्किएका छन् ।
प्रतिक्रिया दिनुहोस