धादिङ जेष्ठ ६
विकासमा स्थानीय, प्रदेश र संघीय सरकारको समुचित समन्वय हुनपर्ने प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन् । गजुरी गाउँ पालिका धादिङको नव निर्मित भवन उद्घाटन गर्दै पौडेलले सो कुरा बताएका हुन् । योजनाको वर्गीकरण गरी निर्माण गर्न गाउँ पालिकालाई अनुरोध गर्दै पौडेलले साना योजना स्थानीय तहले, मझौला योजना प्रदेशले र ठुला योजना संघीय सरकारको समन्वयमा विकास हुने बताएका छन् । गाउँपालिका प्रमुख राजेन्द्रविक्रम बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभा सांसद खेम प्रसाद लोहनी, भूमि त्रिपाठी, प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेल लगायतको विशेष उपस्थिति रहेको थियो । धादिङमा आफ्नै भवनबाट कार्य सञ्चालन गर्ने गजुरी गाउँ पालिका दोस्रो गाउँ पालिका बनेको छ । यसअघि शिद्धालेक गाउँ पालिकाले आफ्नै भवनबाट कार्य सञ्चालन गरिसकेको छ ।
फोटो साभार : नागरिक पाटी
प्रतिक्रिया दिनुहोस