धादिङ १८ भाद्र
रसुवाको गोसाइकुण्ड गाउँपालिका वडा नं. ६ साविकको धुन्चे गाविस ठाडेका एक पुरुषमा कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । अन्दाजी ३२/३३ वर्षका ती व्यक्ति भाद्र १४ गते नवलपरासीबाट रसुवा जानका लागि धादिङ हुदै आएका थिए । धादिङको गल्छीमा विश्राम गर्न बसेका उनी एक्कासी बेहोस भएर ढलेपछि प्रहरीको सक्रियतामा अस्पताल लगिएको थियो । अस्पतालले उनलाई मृतक घोषणा गरेको हो । उनको मृत्युपछि भाद्र १६ गते कोरोना परीक्षणका लागि स्वाव सङ्कलन गरी काठमाडौँ पठाइएकोमा बिहिबार पोजेटिभ रिपोर्ट आएको इलाका प्रहरी कार्यालय गजुरीका डिएस्पी विश्वराज खड्काले जानकारी दिनुभयो । मृतक मुटु, कलेजो लगायत अन्य समस्याहरुको उपचार गराइरहेको देखिएको डिएस्पी खड्काले बताउनु भयो । गोसाईकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले पनि मृतकको कोराना पोजेटिभ देखिएको पुष्टी गरेका छन् । मृतकको गजुरी प्रहरीले सव व्यवस्थापन गरेको छ । मृतक व्यक्ति रसुवाको भएता पनि उनी कोरोना सङ्क्रमणका बिच रसुवा नआइपुगेको बताउदै स्वास्थ्य कार्यालय रसुवाका प्रमुख रोशन श्रेष्ठले उनका भाइ सम्पर्कमा आएकाले क्वारेन्टाइनमा राख्ने तयारी भएको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस