धादिङ १७ भाद्र
बिप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका चितवन जिल्ला सचिवालय सदस्य शिव गौतमले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । रत्ननगर नगरपालिका वडा नं. १४ पिठुवा स्थायी घर भएका गौतम बिगत २ वर्ष अगाडिदेखि विप्लव नेतृत्वको नेकपामा आबद्ध रही विभिन्न गतिविधि गरेको भन्दै प्रहरीले २०७५ साल चैत्र ११ गते पक्राउ गरेको थियो । गौतमलाई लागेका विभिन्न मुद्धामा सफाय पाउदै बुधबार जिल्ला कारागार धादिङबाट जेलमुक्त भएका हुन् । जेलमुक्त भएलगत्तै प्रेसमिट गर्दै आफू उक्त पार्टीबाट अलग भइ स्वतन्त्र नागरिकको रुपमा बाकी जीवन बिताउने घोषणा गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस