धादिङ १६ भाद्र
नेपाल रेडक्रस सोसाइटीको ५८ औँ स्थापना दिवसको अवसर पारी धादिङमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना हुने भएको छ । यही भाद्र १९ गते धादिङ अस्पतालको प्राङ्गणमा हुन लागेको रक्तदान कार्यक्रमको आयोजक नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङ र प्राबिधिक सहयोग नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र धादिङको रहेको छ । बिहान ७ बजेदेखि दिउसो १ बजेसम्म भौतिक दुरी कायम गर्दै हुन लागेको रक्तदान कार्यक्रममा सबै स्वयंसेवी रक्तदाताहरुलाई रक्तदान गरी जीवन दान गर्नको लागि नेपाल रेडक्रस सोसाइटीले आह्वान गरेको छ । कोरोना भाइरस सङ्क्रमणका कारण धादिङ लगायत देशैभर भएको रगत अभावलाई कम गर्ने उद्देश्यले उक्त रक्तदान कार्यक्रमको आयोजना गर्न लागिएको हो ।
प्रतिक्रिया दिनुहोस