धादिङ १६ भाद्र
कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि धादिङमा यही श्रावण २८ गतेदेखि जारी निषेधाज्ञा बुधबारबाट केही खुकुलो हुने भएको छ । मङ्गलबार प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको संयोजकत्वमा बसेको सङ्क व्यवस्थापन केन्द्रको बैठकले ३ सातापछि लकडाउनलाई केही खुकुलो बनाउने निणर्य गरेको हो । बुधबारबाट भदौ २३ गतेसम्म बिहान १० देखि २ बजेसम्म बजार, बैँक तथा वित्तीय संस्था, उद्योग कलकारखानाहरु सञ्चालन गर्न दिने निणर्य गरेको छ ।
प्रतिक्रिया दिनुहोस