धादिङ १६ भाद्र
आइतबार बसेको मन्त्रिपरिषदको बैठकले मालपोत कार्यालय धादिङको पुरानो भवन सहितको जग्गा नीलकण्ठ नगरपालिकालाई उपलब्ध गराउन स्वीकृति दिने निणर्य गरेको छ । मालपोत कार्यालय धादिङ नयाँ भवनमा सरेसँगै प्रयोग विहिन बनेको पुरानो भवन सहितको ३ रोपनी २ आना जग्गा नगरपालिकालाई दिन स्वीकृति दिएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालयको प्रस्तावमा नगरपालिकासँगै रहेको खाली भवन नगरपालिकालाई दिन स्वीकृति प्रदान गरेसँगै नीलकण्ठ नगरकार्यपालिकाका विभिन्न विषयगत शाखाहरु सञ्चालन गर्न थप सहज भएको छ । हाल नगरपालिकाले तत्कालीन महिला विकास तथा बालबालिका कार्यालयबाट सेवा सञ्चालन गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस