धादिङ १४ भाद
आइतबार धादिङमा थप ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । थप सङ्क्रमित हुनेहरुमा धुनिबेसी नगरपालिका वडा नम्बर ८ की ७२ वर्षीय महिला वडा नम्बर ६ की ६३ वर्षीय महिला रहेका छन् । यस्तै सिद्धलेक गाउँपालिका वडा नम्बर ३ का २४ वर्षीय पुरुष, ज्यालामुखी गाउँपालिका वडा नम्बर ४ का ३६ वर्षीय महिला र अन्य ठेगाना नखुलेका २६ वर्षीय पुरुष सहित ५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य अधिकृत जेशिका थापाले जानकारी दिनुभयो । जसमा नीलकण्ठ नगरपालिकामा ७५ जना, ज्वालामुखी गाउँपालिकामा ३४ जना, त्रिपुरासुन्दरीमा ४८ जना रहेका छन् । यस्तै धुनीबेसी नगरपालिका १२ र थाक्रे गाउँपालिकामा १० जना, नेत्रावती डबजोङमा ६ जना, गल्छीमा ६ जना, सिद्धलेकमा ६ जना, गजुरीमा ५ जना, बेनिघाट रोराङ गाउँपालिकामा ४ जना, खनियाबास गाउँपालिकामा ३ जना, रुविभ्यालीमा १ जना, गङ्गाजमुना गाउँपालिकामा १ जना र धादिङ घर भएका तर ठेगाना नखुलेका ५ गरी सङ्क्रमितको सङ्ख्या २ सय १६ जना रहेको थापाले जानकारी दिनु भयो । धादिङमा हालसम्म कोरोना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या १६२ जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस