धादिङ १४ भाद्र
नारी जागरण केन्द्र धादिङको सुरक्षित आवास तथा नारी विकास भवनको आइतबार शिलन्यास गरिएको छ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ स्थित बिपीटोलमा रहेको नवनिर्मित भवनको आइतबार नीलकण्ठ नगरपालिका धादिङका मेयर भिम प्रसाद ढुङ्गानाले शिलन्यास गर्नु भएको हो । नारी जागरण केन्द्र धादिङ तथा नारी विकास सहकारीको संयुक्त प्रयासमा २०७१ सालमा रु ४० लाख लागतमा भवन निर्माणको लागि जग्गा खरिद गरिएको नारी जागरण केन्द्रकी कार्यकारी निर्देशक तथा नारी विकास सहकारीकी अध्यक्ष भगवती उप्रेतीले बताउनु भयो । हिंसामा परेका महिलाहरुको निःशुल्क उद्धार र आवासको उद्धेश्यका साथ सुरक्षित आवास तथा नारी विकास भवनको निर्माण गर्न लागिएको उप्रेतीले बताउनु भयो । भदौ १० गतेबाट निर्माण कार्य सुरु भएको उक्त भवन २०७७ साल चैत्र मसान्तसम्म सम्पन्न गरिसक्ने उप्रेतीले बताउनु भयो । भवन निर्माणका लागि करिब १ करोड लागत लाग्ने अनुमान रहेको छ । नारी जागरण केन्द्र धादिङकी कार्यकारी निर्देशक तथा नारी विकास सहकारीकी अध्यक्ष भगवती उप्रेतीको अध्यक्षता रहेको शिलन्यास कार्यक्रममा नीलकण्ठ नगरपालिका धादिङका मेयर भिम प्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष होमनाथ रिजाल, वडा नम्बर ७ का वडा अध्यक्ष गौतम हरि अधिकारी, विभिन्न सञ्चारमाध्यममा कार्यरती सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस