गोरखा १४ भाद्र
कोरोना भाइरस(कोभिड १९) को सङ्क्रमण बढ्दै गएपछि थप सजगता अपनाउदै भिमसेन थापा गाउँपालिका वडा नं. ८ प्रवेश गर्ने मुख्य नाका घाटबेसी सल्यानटार जोड्ने झोलुङ्गे पुलमा प्रहरी परिचालन गरिएको छ । धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकाको सल्यानटारमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै सङ्क्रमणको दर नबढोस् भन्ने उद्देश्यका साथ थप सजगता अपनाउनका लागि स्थानीय नागरिकलाई ओहोर दोहोर गर्न कडाइ गरिएको भिमसेनथापा गाउँपालिकाकी कार्यपालिका सदस्य सरिता भट्टले जानकारी दिनुभयो । स्थानीय जनप्रतिनिधि र स्थानीय नागरिकहरुको आग्रहमा प्रहरी परिचालन गरिएको हो । आवत जावतलाई थप कडाइ गर्न प्रहरीसँगै स्थानीय युवाहरुलाई पनि परिचालन गरिएको कार्यपालिका सदस्य भट्टले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस