१३ भाद्र २०७७ शनिबार
शनिबार धादिङका थप ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । थप नयाँ सङ्क्रमितहरुमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ का ३०, २१, १८, १८, ३६, २९ वर्षीय पुरुष र २४, २१ वर्षीय महिला र बेनिघाट ३ का ४५ बर्षीय महिला सहित ९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य अधिकृत जेपिका थापाले जानकारी दिनुभयो । जसमा नीलकण्ठ नगरपालिकामा ७५ जना, ज्वालामुखी गाउँपालिकामा ३३ जना, त्रिपुरासुन्दरीमा ४८ जना रहेका छन् । यस्तै धुनीबेसी नगरपालिका र थाक्रे गाउँपालिकामा १० र १० जना, नेत्रावती डबजोङ र गल्छीमा ६ र ६ जना, सिद्धलेक र गजुरीमा ५ र ५ जना, बेनिघाट रोराङ गाउँपालिकामा ४, खनियाबास गाउँपालिकामा ३ जना, रुविभ्यालीमा १, गंगाजमुना गाउँपालिकामा १ जना र धादिङ घर भएका तर अन्य ठेगाना नखुलेका ४ गरी सङ्क्रमितको संख्या २ सय ११ जना रहेको थापाले जानकारी दिनु भयो । धादिङमा हालसम्म कोरोना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या १५६ जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस