धादिङ १३ भाद्र
शुक्रबार बिहान ४ बजेको समयमा परेको अबिरल वर्षासँगै च्याँडुखोलामा आएको बाढीका कारण क्षति पुगेका ज्वालामुखी गाउँपालिका वडा नं. ४ का ९ परिवारलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङले राहत सामग्री वितरण गरेको छ । बाढीले सिद्धलेक गाउँपालिका वडा नम्बर १ र ज्वालामुखि गाउँपालिका वडा नम्बर ४ को सिमानामा रहेको मैदी जाने दोभानटारको पक्की पुलसहित खोलाछेउमा रहेको ९ वटा घरलाई समेत क्षति पुर्याएको थियो । राहत वितरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङका मन्त्री दुर्लभ कुमार तामाङ, कोषाध्यक्ष कृष्ण लम्साल तथा ज्वालामुखी गाउँपालिकाका अध्यक्ष विनोदराज तिमल्सिना वडा नं. ४ का अध्यक्ष कृष्ण बहादुर गुरुल गायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस