धादिङ १२ भाद्र
शुक्रबार धादिङका थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । थप नयाँ सङ्क्रमितहरुमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ का ४, २२, २७, ३३, ३३, ३९ वर्षीय पुरुष र ११, १४, २६ र ३३ वर्षीय महिला सहित १० जना रहेका छन् । यस्तै थाक्रे गाउँपालिका वडा नं. ६ का २५, २५ र २८ वर्षीय पुरुष, वडा नं. २ का २३ र २८ वर्षीय पुरुष र नीलकण्ठ नगरपालिका वडा नं ६ का १३ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले जानकारी दिनुभयो । यो सँगै धादिङमा कोरोना भाइरस कोभिड १९ बाट सङ्क्रमित हुनेको कुल सङ्ख्या २ सय २ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस