भुवन भण्डारी
धादिङ १२ भाद्र
धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ का सबै टोल तथा बस्तिहरुमा वडा अध्यक्ष रामचन्द्र मिजार सहितको टोलीले शुक्रबार अनुगमन गरेको छ । अनुगमनका क्रममा गरिबीका कारण आर्थिक अभाव भइ निर्माणाधीन घर सम्पन्न गर्न नसकेका कृष्ण बहादुर भण्डारी, गाजली भुजेल, देवी बहादुर अधिकारी र सूर्य बहादुर अधिकारीको घर छाउनका लागि जस्तापाता समेत वितरण गरिएको हो । गरिबीको रेखामुनी रहेका परिवारलाई घाम पानीबाट बच्न जस्तापाता वितरण गरेकोमा वडा नम्बर ५ का वडा अध्यक्ष रामचन्द्र मिजारको टिमलाई बधाई समेत दिएका थिए । साथै बाँकी रहेका अन्य घरहरु निर्माणका लागि विभिन्न संघ/संस्थाहरु सँग समन्वय गरी जनताको घाउमा मल्हमपट्टी लगाउने अभियानमा लागि परेको वडा अध्यक्ष मिजारले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस