धादिङ जेष्ठ ५
त्रिपुरा सुन्दरी गाउँ पालिका वडा नं. ४ मा रहेको सल्यानकोट स्वास्थ्य चौकीको समाजिक लेखा परीक्षण तथा सार्वजनिक सुनुवाइ कार्यक्रम आइतबार सम्पन्न भएको छ । स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नं. ४ का वडा अध्यक्ष कपिलदेव सिंखडाको सभापतित्वमा भएको कार्यक्रममा त्रिपुरा सुन्दरी गाउँ पालिकाका अध्यक्ष शम्भु कुमार थापाको प्रमुख आतिथ्यता, उपाध्यक्ष देवी कुमारी बुर्लाकाटीको विशेष आतिथ्यता तथा गाउँ पालिकाका स्वास्थ्य संयोजक यम बहादुर श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा सल्यानकोट स्वास्थ्य चौकीको आर्थिक वर्ष २०७४/७५ को वार्षिक कार्यक्रम तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै सार्वजनिक सुनुवाइ कार्यक्रम भएको हो ।
सबै संघ संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै पारदर्शी ढङ्गले काम गर्नुपर्ने र गरेका कामहरुको विवरण जनतामाझ सार्वजनिक गर्नुपर्ने प्रमुख अतिथि, विशेष अतिथि लगायतका वक्ताहरुले बताउनु भयो । कार्यक्रमकैबीच लामो समय सल्यानकोट स्वास्थ्य चौकीको प्रमुखको जिम्मेवारीका साथै केही समय गाउँ पालिकाको स्वास्थ्य संयोजकको समेत जिम्मेवारी सम्हाल्नु भएका ज्ञान बहादुर दाहालको विदाइ गरिएको त्रिपुरा सुन्दरी गाउँ पालिकाका स्वास्थ्य संयोजक यम बहादुर श्रेष्ठले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस