धादिङ १२ भाद्र
बिहिबार राती परेको अबिरल वर्षासँगै च्याँडुखोलामा आएको बाढीले धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर १ र ज्वालामुखि गाउँपालिका वडा नम्बर ४ को सिमानामा रहेको मैदी जाने दोभानटारको पक्की पुल बगाएको छ । रातीको समयमा आएको बाढीले धादिङको सिद्धलेक गाउँपालिका र ज्वालामुखी गाउँपालिका जोड्ने दोभानटार (धौखोला) को पक्की पुल च्याँडुखोलाले बगाएको हो । च्याँडुखोलाको बाढीले पुल बगाउनुका साथै खोलाछेउमा रहेको ३ वटा घरलाई समेत क्षति पुगेको छ भने घरमा भएका सामानहरु समेत बगाएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिनु भयो । अहिले उक्त क्षेत्रको आवागमन समेत ठप्प भएको छ । मानवीय क्षति भने भएको छैन् ।
प्रतिक्रिया दिनुहोस