धादिङ १० भाद्र
विश्वव्यापी रुपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणको लागि सबै नागरिकहरु एकजुट हुन बागमती प्रदेश सभा सदस्य सांसद जगत सिम्खडाले आग्रह गर्नुभएको छ । बुधबार सिंखडाले एक अपिल सार्वजनिक गर्दै आफ्नो निर्वाचन क्षेत्र धादिङको त्रिपुरासुन्दरी गाउँपालिका, खनियावास गाउँपालिका रुवीभ्याली गाउँपालिका र नीलकण्ठ नगरपालिकाका वडा नं. १० र ११ लगायत देशैभरका नागरिकहरुलाई बढ्दै गएको कोरोना सङ्क्रमबाट बच्नका लागि स्वास्थ्य सचेतता अपनाउन समेत सबै नागरिकहरुलाई आग्रह गर्नुभएको छ । त्रिपुरासुन्दरी गाउँपालिकामा कोभिड-१९ को सङ्क्रमण समुदायस्तरमा फैलिएको आशङ्का गर्दै उहाँले निषेधाज्ञालाई पूणर् रुपमा पालना गर्न समेत स्थानीयहरुलाई आग्रह गर्नुभयो ।
कोरोना भाइरसले संसारभरका मानव जातिको भविष्य अन्यौल, चिन्ताग्रस्त र त्रासपूणर् बनिरहेको, र चिन, युरोप, अमेरिका हुँदै हाल दक्षिण एसियाली राष्ट्रहरु पनि यो महांमारीको नयाँ इपि सेन्टर बनिरहेको भन्दै सांसद सिंखडाले बेलैमा सचेतता अपनाउन नसके ठुलै क्षति बेहुर्नपर्ने अवस्था सिर्जना हुने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस