धादिङ ०९ भाद्र
धादिङमा यही श्रावण २८ गतेदेखि जारी निषेधाज्ञाको समय दोस्रो पटक १ हप्ताको लागि थपिएको छ । पहिलो पटक थपिएको निषेधाज्ञाको समयसीमा मङ्गलबार राति १२ बजे सकिनै लाग्द भाद्र १६ गतेसम्मका लागि निषेधाज्ञ थप गरिएको प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलको अध्यक्षतामा बसेको संकट व्यबस्थापन समितिको बैठकले भाद्र १६ गतेसम्मको लागि निषेधाज्ञा जारी राख्ने निणर्य गरेको हो । दिनानु दिन कोरोना भाइरसक कोभिड १९ संक्रमितको दर बढ्न थालेपछि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (घ) र सङ्क्रामक रोग ऐन २०२० बमोजिम भाद्र १६ गतेसम्मका लागि धादिङका विभिन्न स्थानहरुमा निषेधाज्ञा जारी गरिएको हो । बैठकले धादिङबेसी प्रवेश गर्ने कालुपाण्डे मार्गको प्रवेश बिन्दु फुर्केखोलादेखि धादिङबेसी आसपास र नीलकण्ठ नगरपालिका वडा नम्बर २,३,४,७, ८,१२ र १४ का क्षेत्रहरुमा भाद्र १६ गतेसम्मका लागि निषेधाज्ञा गर्ने निणर्य गरेको छ । बैठकले अत्यावश्यक सेवा बाहेकका सबै यातायातका साधनहरु पुणर् रुपमा बन्द गर्ने , त्रिभुवन राजपथ र पृथ्वीराजमार्गको धादिङ जिल्ल भित्र पर्ने होटल बैँक तथा वितीय संस्था लगायत सम्पूणर् शैक्षिक संस्थाहरु पूणर् रुपमा बन्द गराउने निणर्य गरेको छ । यस्तै बैठकले सङ्क्रमण पुष्टी भएका व्यक्तिको सम्पर्कमा आएकाहरुको कन्ट्रयाक्ट ट्रेसिङको कामलाई तिब्रता दिने, जिल्लाका एम्बुलेन्सहरु तयारी अवस्थामा राख्ने लगायतका निणर्यहरु गरेको छ । मङ्गलबारसम्ममा धादिङ जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या १ सय ८३ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस