धादिङ ०९ भाद्र
मङ्गलबार धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका थप ६ जनामा कोरोना भाइरस(कोभिड १९) सङ्क्रमण पुष्टि भएको छ । त्रिपुरासुन्दरी गाउँपालिकामा वडा नम्बर २ का २१ र २५ वर्षीय पुरुष, ५०, ५६, १४ र २१ वर्षीय महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य संयोजक यम बहादुर श्रेष्ठले जानकारी दिनुभयो । मङ्गलबार थपिएकासँगै त्रिपुरासुन्दरी गाउँपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ३० पुगेको छ । आइतबार गाउँपालिकाका सङ्कास्पद १२ जनाको स्वाव सङ्कलन गरी पिसिआर परीक्षणको लागि काठमाडौँ पठाइएकोमा ६ जनाको रिपोर्ट पोजेटिभ देखिएको स्वास्थ्य संयोजक श्रेष्ठले बताउनु भयो । सङ्क्रमित ६ जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको छ । यस्तै मङ्गलबार नै थाक्रे गाउँपालिका वडा नं. ६ का ३१ वर्षीय पुरुषमा पनि कोरोना सङ्क्रमण पुष्टी भएको छ । योसँगै धादिङमा कुल कोरोना सङ्क्रमितको सङ्ख्या १ सय ८३ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस