धादिङ भाद्र ९
भुवन भण्डारी
धादिङ जिल्लाको दक्षिणि भेग अन्तर्गत पर्ने गजुरी गाउँपालिका वडा नं. ५ को सबै टोल बस्ती स्तरमा बिद्धुत सेवा सुचारू भएको छ । पृथ्वी राजमार्गसगँ जोडिएको वडा भएता पनि हालसम्म बत्ती बल्न सकेको थिएन । साविक पीडा गा.वि.स. ४ र ५ वडामा धादिङ क्षेत्र नं. १ का माननीय संसद भुमि त्रिपाठीको पहलमा, गाउँपालिकाको ०७४/०७५ र ०७५/०७६ को वार्षिक बजेट र विद्युत प्राधिकरण धादिङ तथा क्षेत्रीय प्राधिकरणको सहयोगमा बत्ती बाल्न सफल भएको वडा अध्यक्ष रामचन्द्र मिजारले बताउनुभयो । विद्युत सुचारु भएपछि चिसाखोला ,बिराबारी, मुलाखर्क, बासचौर, च्याङ्ली र सिमडाडाका स्थानीयमा खुसी छाएको छ । बत्ती मुनिको अँध्यारो गाउँको रूपमा परिचित गाउँ अहिले भने झिलिमिली भएसँगै सामाजिक सञ्जालमार्फत पनि स्थानीयले स्थानीय सरकारलाई धन्यवाद दिएका छन् । वडा अध्यक्ष मिजारले पटकपटक जनतालाई दिएको आश्वासन बल्ल पूरा भएकोमा खुसी मिलेको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस