धादिङ ०८ भाद्र
सोमबार २ जना थपिएसँगै धादिङमा कोरोना सङ्क्रमितको संख्या १ सय ७६ पुगेको छ । सोमबार धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २ की ६५ वर्षीय महिला र धादिङ घर भइ ठेगाना नखुलेका १ महिलामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य अधिकृत जेपिका थापाले जानकारी दिनु भयो । पालिकागत रुपमा हेर्दा नीलकण्ठ नगरपालिकामा सबैभन्दा धेरै ७४ जना सङ्क्रमित पुष्टी भएका छन् भने ज्वालामुखी गाउँपालिकामा ३३, त्रिपुरासुन्दरी गाउँपालिकामा २४, सिद्धलेक गाउँपालिकामा ५, नेत्रावती डबजोङ गाउँपालिकामा ६, बेनिघाट रोराङ गाउँपालिकामा ३, गल्छी गाउँपालिकामा ५, खनियाबास गाउँपालिकामा ३, रुविभ्याली गाउँपालिकामा १, गङ्गाजमुना गाउँपालिकामा १ र धादिङ घर भई ठेगाना नखुलेका ३ गरी कुल १ सय ७६ जना रहेका छन् । हालसम्म सङ्क्रमण पुष्टी भएकामध्ये निको हुनेको सङ्ख्या १४८ रहेको थापाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस