धादिङ जेष्ठ ५ गते
झापाको काँकरभिट्टाबाट काठमाडौंका लागि छुटेको ना ७ ख ४३ ८७ नम्बरको रात्री बस खस्दा खस्दा गजुरी गाउँपालिकाको बन्छेटारमा घुम्तीबाट त्रिशूली नदीमा ८ जनाको ज्यान गएको छ । ज्यान गुमाउँनेमध्ये पाँचजनाको घटनास्थलमा, २ जनाको ट्रमा सेण्टरमा र एकजनाको गजुरी अस्पतालमा ज्यान गएको ईलाका प्रहरी कार्यलय गजुरीले जनाएको छ । ज्यान गुमाउनेमा काठमाण्डौको चन्द्रागिरी नगरपालिकाकी सीता थपलिया, थानकोटका राजकुमार सुवेदी, इलामको कन्यामका विशाल गिरी र धादिङ बेनिघाट रोराङ गाउँपालिका ३ का राजन आचार्य रहेका छन् । ज्यान गुमाउनेमध्ये प्रकाश श्रेष्ठ र शेखर मगरको ठेगाना खुलेको छैन । २ जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा २६ जना घाइते भएका छन् । घाईतेमध्ये २३ जनाको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने अन्य घाईतेहरुको धादिङस्थित विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसमा कतिजना यात्रु थिए भन्ने हालसम्म पनि एकिन हुन सकेको छैन ।
फोटो : नयाँघरे माइलाको फेसबुक वालबाट
प्रतिक्रिया दिनुहोस