भुवन भण्डारी
धादिङ ०६, भाद्र
धादिङको गजुरी गाउँपालिका वडा नं. १ मा रहेको चेपाङ छात्रावासका बालिकाहरुलाई आर्थिक सहयोग गरिएको छ । विश्वभर महांमारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण भएको बन्दाबन्दीले गर्दा दैनिक रोजगारी गुमाउन पुगेका २३ जना चेपाङ बालिकाका परिवारलाई आर्थिक सहयोग उपलब्ध गराइएको हो । प्रयास नेपाल धादिङले गजुरी गाउँपालिकासँग समन्वय गरी आर्थिक सहयोग हस्तान्तरण गरिएको गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले बताउनुभयो ।
गजुरी गाउँपालिकाको वडा नं. ४ च्याङ्ली फेदीमा पुगेर अध्यक्ष बस्नेतले चेपाङ छात्रालाई ४/४ हजार रुपैयाँ सहयोग गर्नु भएको हो । गजुरी गाउँपालिका वडा नं. ३, ४ र ६ नम्बर वडाका १५ जनालाई शनिबार आर्थिक सहयोग उपलव्ध गराइएको छ भने बाँकी आठजना बालबालिकाको परिवारलाई आइतबार सहयोग गर्ने कार्यक्रम रहेको प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनुभयो । अति विपन्न तथा बञ्चेतिकरण परेका समुदायका बालबालिकाको शिक्षाका लागि प्लानेट ईन्फान्ट एण्ड डेभलपमेन्टको सहयोगमा प्रयास नेपालले गजुरी र बेनिघाट रोराङ गाउँपालिकामा परियोजना सञ्चालन गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस