धादिङ ३ भाद्र
कोरोना भाइरस (कोभिड १९) रोकथाम र नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञालाई प्रभावकारी रुपमा कार्यान्वयन गराउने प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले बताउनु भएको छ । जिल्ला प्रशासन कार्यालयमा बुधबार पत्रकारहरुसँग कुराकानी गर्दै पौडेलले सरकारको नीति र कानुनलाई अक्षरस पालना गर्दै नागरिकहरुलाई सेवा प्रवाह गर्ने क्रममा कुनै किसिमको प्रभावमा नपर्ने प्रतिबद्धता समेत जनाउनुभयो । पत्रकार र प्रशासक दुवै नागरिकप्रति उत्तरदायी हुने भएकाले एक अर्काले प्राप्त गरेका सूचना आदान प्रदान गर्दै सहकार्यका साथ काम गर्नको लागि जिल्लास्थित पत्रकारहरुलाई आग्रह गर्नुभयो । आफू जिल्लाको प्रमुख प्रशासक भएकाले जिल्लास्थित सम्पूणर् कार्यालयहरुलाई सुशासनमैत्री बनाउन लागि पर्ने बताउदै पौडेलले जिल्लाका प्राकृतिक स्रोत साधनहरुमा कुनै किसिमको दोहन भएमा त्यसलाई रोक्न आफूले हरसम्भव कोशिस गर्ने बचन बद्धता समेत जनाउनु भयो । पौडेल केहीदिन अघि मात्र प्रमुख जिल्ला अधिकारीको रुपमा अछामबाट धादिङ सरुवा भएर आएका हुन् । कार्यक्रममा धादिङस्थित विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुको उपस्थिति थियो ।
भिडियोका लागि यहाँ क्लिक गर्नुहोला ।
प्रतिक्रिया दिनुहोस