धादिङ ०२ भाद
धादिङ अस्पतालका १० जना कर्मचारीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । श्रावण २८ गते धुँवाकोटका ३२ वर्षीय पुरुषको कोरोना भाइरसबाट काठमाडौँस्थित ह्याम्स अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि मृतकको उपचारमा संलग्न भएका १० जना स्वास्थ्यकर्मीहरुलाई क्वारेन्टाइनमा राखि श्रावण ३२ गते स्वाब संकलन गरी पिसिआर परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौँ पठाइएको थियो । पिसिआर परीक्षणका लागि पठाइएको सबै स्वास्थ्यकर्मीको रिपोर्ट नेगेटिभ आएकाले धादिङ अस्पतालमा सेवा लिन आउने बिरामीहरुलाई ससङ्कित नहुन धादिङ अस्पतालका सूचना अधिकारी विक्रम विकले अनुरोध गर्नुभयो । अस्पतालका १० जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बसेपछि प्रभावित बनेको अस्पतालको नियमति सेवा प्रवाह कोरोना रिपोर्ट नेगेटिभ आएसँगै बुधबारबाट पूर्ण रुपमा सुचारु हुने पनि सूचना अधिकारी विकले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस