धादिङ जेष्ठ ४
धादिङको नीलकण्ठ नगरपालिका वडा न ७ तल्लोबेसी धादिङमा रहेको उज्यालो बहुउद्देशीय सहकारी संस्था लिमिटेडको ११ औँ बार्षीक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कृष्ण बहादुर पोखरेलको सभापतित्व तथा प्रदेश ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री सालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको साधारण सभामा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङका सभापति सीताराम कोइराला, नेकपा धादिङका नेता दिपक विश्वकर्मा लगायतको आतिथ्यता रहेको थियो ।
साधारण सभाकै अवसरमा वृहत खुल्ला रक्तदान कार्यक्रम पनि सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र धादिङको प्राविधिक सहयोगमा गरिएको रक्तदान कार्यक्रममा ३५ जना स्वयमसेवी रक्तदाताहरुले रक्तदान गरेका थिए । जसमा १२ जना महिला र २३ जना पुरुष रहेको रेडक्रसकर्मी नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस