धादिङ ०१ भाद्र
कुम्पुर स्वास्थ्य चौकीमा कार्यरत सिनियर अहेव अधिकृत रकिम अन्सारी माथि हातपात गर्ने दोषीलाई कानुन बमोजिम कारबाही गर्नुपर्ने माग राख्दै निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड यूनियन जिल्ला कार्यसमिति धादिङले सोमबार विज्ञप्ती निकालेको छ । धादिङको सिद्धलेक गाउँपालिका स्थित कुम्पुर स्वास्थ्य चौकीमा काजमा कार्यरत सिनियर अहेव अधिकृत रकिम अन्सारीमाथि श्रावण ३२ गते अपरिचित व्यक्तिहरुले कार्यलय भित्र प्रवेश गरी हातपात गरेका थिए । अन्सारीमाथि भएको हातपातप्रति निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड यूनियन जिल्ला कार्यसमिति धादिङले दुःख व्यक्त गर्दै घटनाको घोर भत्सना गरेको छ । ट्रेड यूनियनका सचिव कृष्णकुमार श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तीमा राष्ट्रसेवक कर्मचारी स्थानीय तहमा कर्मचारी समायोजन ऐन २०७५ अनुसार समायोजन भै आएकोले नियम अनुसार पदस्थापन गरी कामकाज गर्ने वातावरण बनाई नीजले पाउने तलब भुक्तानी गर्नुपर्नेमा स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ काम गर्ने वातावर हुनुको साटो जिउ धनको समेत सुरक्षा नहुने गरी अहेव अन्सारीमाथि भएको घटनामा संलग्नलाई कार्वाही गर्नुपर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस