धादिङ ३१ श्रावण
शुक्रबार राती परेको अविरल वर्षासँगै आएको बाढीले उत्तरी धादिङको रुबीभ्याली गाउँपालिकामा पर्ने ठुलोगाउँ र वडा नं. ५ ब्राम्दाङ, तायुङ, ढिपगाङ, र ६ नम्बर वडामा पर्ने कुप्चेत जोड्ने राको खोलामा रहेको काठेपुल बगाएपछि आवतजावतमा समस्या परेको छ । अघिल्लो वर्षहरुमा समेत बाढीले पुल बगाउने गरेता पनि स्थानीयहरुको पहलमा साँघु मार्फत आवत जावत गर्ने गरेका थिए । बाढीले काठेपुल बगाएपछि स्थानीयहरु मर्कामा परेको स्थानीय अगुवा मिम्बा तामाङले बताउनु भयो । उक्त क्षेत्रमा झोलुङ्गे पुल बनाउन काँदुरी संस्था र सरकारको दुर्गम क्षेत्र विकास कार्यालय पुल्चोक काठमाडौले स्थलगत सर्भे गरेको भएता पनि पुल बन्न नसक्दा स्थानीयहरु समस्यामा परेका हुन् । करिब २ सय परिवारले आवतजावत गर्ने उक्त स्थानमा पक्की झोलुङ्गे पुल बने सहजै आवत जावत गर्न सकिने स्थानीय समाजसेवी मिम्बा तामाङले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस