धादिङ २९ श्रावण
कोरोना भाइरस (कोभिड १९)को सङ्क्रमण बढेसँगै धादिङका विभिन्न स्थानीय तहले सिल गर्न थालेका छन् । बुधबार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको कोरोना सङ्कट व्यवस्थापन समितिको बैठकले सदरमुकाम लगायत जिल्लाका राजमार्ग क्षेत्र १ सातासम्म पूणर् रुपमा बन्द गर्ने निणर्य गरेको थियो । जिल्लाको कोरोना सङ्कट व्यवस्थापन समितिले १ साता अत्यावश्यकीय सेवा बाहेक जिल्लाका बैंक तथा वित्तीय संस्था, शैक्षिक संस्था, यातायात, होटल लगायत व्यापार व्यवसाय बन्द गर्ने निणर्य गरेपश्चात स्थानीय तहहरुले पनि आफ्नो पालिकालाई सिल गर्ने निणर्य गरेका हुन् । सोही क्रममा बिहिबार जिल्लाको धुनिबेसी नगरपालिका, थाक्रे गाउँपालिका, गजुरी गाउँपालिका, बेनिघाट रोराङ गाउँपालिका, सिद्धलेक गाउँपालिकाहरुले पालिकाभित्रका अत्यावश्यकीय सेवा बाहेक अन्य सबै सेवा बन्द गरिएको घोषणा गर्दै नागरिकलाई सुरक्षित रहन आग्रह गरेका छन् । स्थानीय तहहरुले धमाधम निषेधाज्ञा जारी गर्न थालेपछि दैनिक ज्याला मजदुरी गरेर विकोपार्जन गर्ने नागरिकहरुको जीवन अत्यन्तै कष्टकर बन्दै गएको छ । धादिङमा कोरोना भाइरस सङ्क्रमणका कारण १ जनाको ज्यान गएको छ भने १ सय ५७ जना सङ्क्रमित पुष्टी भएका छन् ।
प्रतिक्रिया दिनुहोस