धादिङ २८ श्रावण
कोरोना सङ्क्रमणको जोखिम बढ्दै जान थालेपछि धादिङका विभिन्न स्थानहरुमा निषेधाज्ञा जारी भएको छ । बुधबार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको जिल्लाको सिएमसीको बैठकले धादिङबेसी प्रवेश गर्ने कालुपाण्डे मार्गको प्रवेशविन्दु फुर्केखोलादेखि धादिङबेसी दायाँबायाँ र नीलकण्ठ नगरपालिकाको वडा नं. २, ३, ४, ७, ८, १२ र १४ का क्षेत्रहरु बुधबार बेलुका १२ बजेदेखि भाद्र ३ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा गर्ने निणर्य गरेको हो । बैठकले अत्यावश्यक सेवा बाहेकका सबै यातायातका साधनहरु पूणर् रुपमा बन्द गर्ने, त्रिभूवन राजपथ र पृथ्वी राजमार्गको धादिङ जिल्लाभित्र पर्ने क्षेत्रका होटल जिल्लाभित्रका बैंक तथा वित्तीय संस्था र सम्पूणर् शैक्षिक संस्थाहरु पूणर् रुपमा बन्द गराउने निणर्य गरेको छ । यस्तै बैठकले सङ्क्रमण पुष्टी भएका व्यक्तिको सम्पर्कमा आएकाहरुको कन्ट्र्याक्ट ट्रेसिङको कामलाई तिब्रता दिने, जिल्लाका एम्बुलेन्सहरुलाई तयारी अवस्थामा राख्ने लगायतका निणर्यहरु गरेको छ । धादिङमा कोरोना भाइरस सङ्क्रमणका कारण १ व्यक्तिको मृत्यु भएको छ भने जिल्लाका होटल सञ्चालक, उच्च प्रहरी अधिकृत, रेडक्रसका कर्मचारीलाई समेत कोरोना सङ्क्रमण पुष्टी भएको छ । यो समाचार तयार पार्दासम्म धादिङमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या १ सय ५७ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस