धादिङ २८ श्रावण
धादिङमा कोरोना भाइरस(कोभिड १९) बाट एक जनाको ज्यान गएको छ । नीलकण्ठ नगरपालिका वडा नं. १४ धुवाकोटका एक व्यक्तिको काठमाडौँस्थित ह्याम्स अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सामान्य ज्वरो आएपछि जिल्ला अस्पताल धादिङमा भर्ना भएका ती व्यक्तिलाई सोमबार थप उपचारको लागि काठमाडौँस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो । ज्वरो आएपछि अस्पतालले आइशोलेशनमा राखेर उपचार गरेको थियो । मृतक विरामीलाई निमोनियाको समेत समस्या रहेको आफन्तले बताएका छन् । मृतकको कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको रिपोर्ट केही बेरअघि टेकु स्थित जनस्वास्थ्य प्रयोगशालाबाट आएको आफन्तले बताए । यता नीलकण्ठ नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु रिजालले पनि मृतकलाई कोरोना पोजेटिभ देखिएको पुष्टी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस