धादिङ जेष्ठ ३
सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिल विद्येयक संशोधनको माग गर्दै धादिङका पत्रकारहरु आन्दोलित भएका छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको अगुवाईमा धादिङबेसीमा शुक्रबार बिहान एक घण्टा संचार सामग्रीहरुको प्रदर्शनी सहित साङ्केतिक विरोध जनाएका हुन् । पत्रकार महासंघको केन्द्रीय सर्कुलर अनुसार सबै जिल्ला शाखाको नेतृत्वमा पत्रकारहरु आन्दोलनमा उत्रिएका छन् । विधेयकको विरोधमा यसअघिबाटै आन्दोलन थालेको महासंघले सरोकारवाला निकायसँगको छलफलपछि आन्दोलनका कार्यक्रम सुरु गरेको हो । महासंघले प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता विरोधी कानून संसोधन गरी सरोकारवालसँग छलफल र सहमति पछि मात्र मिडिया सम्बन्धी कानून बनाउन सरकारलाई आग्रह गर्दै आएको छ । नेपाल मिडिया काउन्सिलको दफा १८ को व्यवस्थामा काउन्सिलबाट जारी भएको आचारसंहिता विपरित कुनै सामग्री प्रकाशन तथा प्रतिष्ठामा आँच पु¥याएमा सम्बन्धित व्यक्तिले दफा १६ बमोजिम दिएको उजुरी दफा १७ बमोजिम जाँचबुझ गर्दा कसैको मर्यादा वा प्रतिष्ठामा आँच पुगेको देखिए आमसंञ्चार माध्यम, प्रकाशन, सम्पादक, पत्रकार वा समाचारदातालाई २५ हजार रुपैयाँ देखि १० लाखसम्मको जरिवाना गर्ने विद्येयकमा उल्लेख गरिएको छ । विधेयकमा उल्लेखित बुदाँहरु संशोधन गर्न माग गर्दै लोकतन्त्र, मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरुलाई पनि आन्दोलनमा सहभागि हुन आग्रह गरिएको छ ।
प्रतिक्रिया दिनुहोस