धादिङ २७ श्रावण
धादिङमा कोरोना भाइरस(कोभिड १९) बाट सङ्क्रमित हुनेको संख्या १ सय ५५ पुगेको छ । सोमबार थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको संख्या १ सय ५५ पुगेको स्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य अधिकृत जेपिका थापाले जानकारी दिनु भयो । कोरोना सङ्क्रमित हुनेहरुमा धुनीबेसी नगरपालिका वडा नम्बर २ का ३८ वर्षीय पुरुष, वडा नम्बर ६ का ३३ वर्षीय पुरुष, गङ्गाजमुना गाउँपालिका वडा नम्बर ५ का ३३ वर्षीय पुरुष, गल्छी गाउँपालिका वडा नम्बर ८ का ८ वर्षीय बालक, नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का ४६ र ४७ वर्षीय पुरुष, नीलकण्ठ २ का २७ वर्षीय पुरुष, ज्वालामुखी गाउँपालिका वडा नम्बर ५ का ३१ वर्षीय पुरुष, धादिङ बस्ने गोरखा नगरपालिका वडा नम्बर ११ का ३२ वर्षीय पुरुष र रुविभ्याली गाउँपालिका वडा नम्बर १ का ३९ वर्षीय पुरुष रहेका छन् । यस्तै कोरोना सङ्क्रमणलाई जितेर घर फर्कनेको संख्या भने १ सय ३० पुगेको छ । धादिङमा ९ जना आइसोलेसन र ४६ जना क्वारेन्टिनमा रहेका छन् । यो सँगै धादिङको १३ वटै स्थानीय तहमा कोरोना सङ्क्रमित पुष्टी भएका छन् । साथै जिल्लाका एक प्रहरी अधिकारीलाई पनि कोरोना सङ्क्रमण पुष्टी भएको छ ।
प्रतिक्रिया दिनुहोस