धादिङ २५ श्रावण
नारी जागरण केन्द्र धादिङको २१ औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखा परीक्षण कार्यक्रम आइतबार धादिङबेशीमा सम्पन्न भएको छ । साधारण सभाको अवसरमा संस्थाको पञ्चवर्षीय योजना, संस्था सञ्चालन कार्यसञ्चालन निर्देशिका, कर्मचारी नियमावली, आर्थिक नियमावली, जलवाय परिबर्तन सम्बन्धी नीति, कोरोना भाइरस कोभिड १९ बिरुद्धको कार्यनीति, घुम्तीकोष व्यवस्थापन तथा सञ्चालन निर्देशिका, आन्तरिक लेखापरीक्षण निर्देशिका लगायतका विषयमा संस्थाका अध्यक्ष भगवती उप्रेतीले सहभागीहरुमाझ सहजीकरण गर्नुभएको थियो । अध्यक्ष उप्रेतीले संस्थाले आर्थिक वर्ष २०७६/०७७ मा गरेका कामहरुको वार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विश्वभर माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरसबाट सजग रहन आव्हान गर्दै हिन्दु नारीहरुको महान् चाड हरितालिका तीज सुरक्षित र सरल तरिकाले मनाउन सबैलाई आह्वान गर्ने विषयमा छलफल गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस