धादिङ २५ श्रावण
जिल्ला प्रशासान कार्यालय त्रिशुली नदी किनारमा बालुवा उत्खनन्मा रोक लगाएपछि मजदुरहरु आन्दोलित भएका छन् । गृह मन्त्रालयले नदीक्षेत्रबाट नदीजन्य पदार्थ उत्खनन्मा रोक लगाउन निर्देशन गरेबमोजिम जिल्ला प्रशासन कार्यालय धादिङले आषाढ, श्रावण र भदौ महिनामा नदीजन्य पर्दाथ उत्खनन्मा रोक लगाएको थियो । जिल्ला प्रशासन कार्यालयको निणर्यका कारण मजदुरहरुको रोजिरोटी गुमेको भन्दै आइतबार करिब ४ सय मजदुरहरुले नारा जुलुस सहित जिल्ला प्रशासन कार्यालय घेराउ गर्नुका साथै ज्ञापन पत्र समेत बुझाएका छन् । धादिङको कोल्पु खोला, जिन्टेटार, छोटेबगर रुम्टाबगर, पाचसयटार, स्यालटार बगर, बेल्खुखोला, बन्छेटार, जरेबगर, पोखर खोला, घाटबेसी, गलौदी, मलेखु लगायत स्थानमा त्रिशूली नदीबाट बालुवा उत्खनन् गर्न पाउनुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङले श्रावण १५ गतेदेखि त्रिशूली नदी लगायत जिल्लाका विभिन्न स्थानमा सञ्चालित क्रसरहरु पूणर् रुपमा बन्द गराएको थियो । जिल्लाका त्रिशूली, बुढी गण्डकी, आखु लगायतका नदीहरुमा अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन् भैरहेकाले सो कार्यलाई पूणर् प्रतिबन्ध लगाइएको थियो । असार, साउन र भदौमा नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने सरकारी मापदण्ड विपरित विभिन्न व्यक्ति तथा क्रसर उद्योगहरुले नदीजन्य पदार्थहरु उत्खनन गर्दै आएका थिए ।
जिल्लामा कोरोना भाइरस सङ्क्रमणको दर बढेसँगै त्रसित धादिङबेसीका बासिन्दाहरु करिब ४, ५ सयको हाराहारीमा बजारक्षेत्र बाहिरबाट मानिसहरु भित्रिदा सङ्क्रमणको दर झन बढ्न सक्ने भन्दै त्रसित भएका छन् ।
प्रतिक्रिया दिनुहोस