धादिङ २४ श्रावण
धादिङको गजुरी गाउँपालिकाको वडा नम्बर ६ स्थित आदमघाट बजार सिल गरिएको छ । सोही स्थानका एक पुरुषमा शुक्रबार कोरोना सङ्क्रमण पुष्टी भएपछि बजार क्षेत्र १ हप्ताको लागि सिल गरिएको हो । शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौँमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि साउन ३२ गतेसम्म आदमघाट बजार क्षेत्र सिल गरिएको गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले जानकारी दिनु भयो । यस्तै कोरोना पुष्टी भएको ब्यक्तिसँग सम्पर्कमा आएका आफन्त, र सङ्कास्पद व्यक्तिहरुको स्वाब सङकलन गरी परीक्षण गर्ने तयारी भैरहेको अध्यक्ष बस्नेतले जानकारी दिनु भयो । गजुरी गाउँपालिकाले कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण समुदाय स्तरमा फैलन नदिन र सबैमा सचेत गराउन बजार क्षेत्र सिल गर्नु परेको बताउनु भयो । साथै गाउँपालिकाले भौतिक दुरी कायम गर्र्न, मास्क अनिवार्य लगाउन, नियमित रुपमा हात धुन र जम्काभेट, भेला नगर्न सवै नागरिकहरुलाई अनुरोध गरेको छ । हालसम्म गजुरी गाउँपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ४ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस