धादिङ २३ श्रावण
धादिङ जिल्ला अदालत वार एशोसियसन धादिङको अध्यक्षमा कृष्णराज अधिकारी चयन हुनु भएको छ ।
शुक्रवार धादिङबेसीमा भएको संस्थाको १८ औं अधिवेशन तथा ३२ औं साधारण सभाले अधिकारीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा विनोदमान श्रेष्ठ, सचिवमा कुलमान विक, कोषाध्यक्षमा राधिका सापकोटा र सदस्यहरुमा गोविन्दराज श्रेष्ठ, विश्वराज अधिकारी, टंककुमार श्रेष्ठ, रामचन्द्र भट्ट र रामकृष्ण अधिकारी निर्वाचित हुनु भएको छ ।
प्रतिक्रिया दिनुहोस