धादिङ २२ श्रावण
नीलकण्ठ नगरपालिका वडा नं. ७ डाडाँगाउँ, हाडिखोला र काफलछापका २८ घरधुरीका करिब २ सय जना नेपाली काङ्ग्रेसका नेता कार्यकर्ताहरु नेकपा प्रवेश गरेका छन् । नव प्रवेशीहरुलाई नेकपा प्रदेश कमिटि सदस्य तथा प्रदेश सांसद डा. रामकुमार अधिकारीले नेकपामा स्वागत गर्नुभएको हो । नेकपा प्रदेश कमिटी सदस्य एवं प्रदेश सांसद डा. राम कुमार अधिकारीको प्रमख आतिथ्यता रहेको पार्टी प्रवेश कार्यक्रममा नेकपा प्रदेश कमिटी सदस्य एव. नीलकण्ठ नगरपालिकाका उप मेयर मनराज भण्डारी, नेकपा प्रदेश कमिटी सदस्य सम्भू श्रेष्ठ, नेकपा नीलकण्ठ नगर सङ्गठन कमिटी अध्यक्ष दिपक विश्वकर्मा, सचिव हरि बहादुर श्रेष्ठ, नेकपा जिल्ला कमिटी सदस्य लक्ष्मण रम्तेल, नगर कमिटीका सदस्यहरु, वडा कमिटीका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो । नेपाली काङ्ग्रेसले जनताको भावनालाई बुझ्न नसकेको, विकास निर्माणका कार्यहरु एकलौटी रुपले सञ्चलान गरेका कारण नेकपा प्रवेश गर्न बाध्य भएको नवप्रवेशीहरुले बताएका छन् । कार्यक्रमका प्रमुख अतिथि नेकपा प्रदेश कमिटी सदस्य तथा प्रदेश सांसद डा. राम कुमार अधिकारीले जनताको तत्कालीन आवश्यकता के छ ? पहिचान गरेर विकास निर्माणमा सबैलाई समावेश गर्दै लैजाने प्रतिबद्धता जनाउनु भयो ।
प्रतिक्रिया दिनुहोस