धादिङ २० श्रावण
जनयुद्धका महान् शहिदहरु हस्त बहादुर गुरुङ(जीवन) र कौशल्या तामाङ(महिमा)को १८ औँ स्मृति दिवस धादिङको धुवाकोटमा सम्पन्न भएको छ । जनयुद्धकै क्रममा २०५९ साल साउन २० गते तात्कालीन सेनाले गिरफ्तार गरी हस्तबहादुर गुरुङलाई साङ्कोसको जुम्रेभन्ज्याङ्ग र कौशल्या तामाङलाई किन्ताङ फेदीपुलबाट गिरफ्तार गरी माथि जङ्गलमा लगेर पालैपालो बलत्कार गरी यातनापूणर् तवरले हत्या गरेको थियो । जनक्रान्तिका शहिद तथा बेपत्ता परिवार समाज धादिङले आयोजना गरेको स्मृति दिवसमा सहिद परिवारका सदस्य तथा नेकपा धादिङका नेता शङ्कर अधिकारीको अध्यक्षता तथा समाजका अध्यक्ष राम बहादुर भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै कार्यक्रममा नेकपा धादिङका नेताहरु विजय बुर्लाकोटी, कृष्ण अर्याल, मनराज भण्डारी, दिपक विश्वकर्मा, हरि अधिकारी, विनोदबाबु रिमाल, शम्भु श्रेष्ठ लगायत स्थानीय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । धुवाकोटमा मात्र जनयुद्धको क्रममा हरिकुमार श्रेष्ठ, धनेन्द्रसिह तमाङ, चन्द्र बहादुर तामाङ, हस्तबहादुर तामाङ, कौशिल्या तामाङ, फुलमायाँ तामाङ, पदम तामाङ र रेजिना श्रेष्ठ गरी ८ जनाले सहादत प्राप्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस