धादिङ साउन २०
जन्मजात मलद्धार नभएका। धादिङको ज्वालामुखी गाउँपालिका ७ रामपुर बडहरेका ३ वर्षीय बालक एन्जल तामाङको उपचारको लागि आर्थिक सहयोग आउने क्रम जारी रहेको छ । जन्मजात दिसाघर नभएको समाचार रेडियो बिहानी ९७.६ मेगाहर्ज, www.radiobihani.org र युट्युब च्यानल TV BIHANI मार्फत प्रकाशन प्रशारण भएपछि सहयोग उठ्ने क्रम बढेको हो । उपचारका लागि बेलायत लण्डनबाट साउथ इष्ट तमुधी लण्डनकी उपाध्यक्ष पार्वती गुरुङ, कान्छा तमु आमा समुह युकेका संस्थापक अध्यक्ष मायाँ गुरुङले २९ हजार २ सय ४१ रुपैया सहयोग गर्नु भएको भएको हो । उहाँहरुकै पहलमा बेलायतबाटै माइला कान्छा लकडाउन अभियान नामक फेसबुक ग्रुपमार्फत बेलायतमा बस्ने नेपाली नागरिकहरुद्धारा सङ्कलित १ लाख २ हजार ६५ रुपैया सहयोग प्राप्त भैसकेको छ ।
यस्तै छोरा मिक्साङ गुरुङको जन्मउत्सवको अवसरमा नेत्रावती डबजोङ गाउँपालिका वडा नं. ३ गैरा निवासी आनन्दी वाइबा र आशिष गुरुङले ६ हजार १ सय ५० रकम सहयोग गर्नुभएको थियो ।
३ वर्षीय एन्जलको जन्मजात नै दिसाघर नभएपछि हाल पेट चिरेर आन्द्रा बाहिर निकालेर दिसा गराउने गरिएको छ । निम्न परिवारका तामाङको उपचारमा हालसम्म करिब ५ लाख खर्च गरिसकेता पनि पूर्ण रुपमा निको हुनका लागि अझै ३ लाख जस्तो लाग्ने बाबु मिलन तामाङ बताउनु हुन्छ ।
तस्विर साभार : धादिङ पोष्ट
भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
प्रतिक्रिया दिनुहोस