धादिङ साउन २०
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ मुरलीभञ्ज्याङका दुबै मृगौला फेल भएका रामकृष्ण रिजालको उपचारका लागि मकाउबाट रु ५१ हजार रकम सहयोग प्राप्त भएको छ । रोजगारीको शिलशिलामा मकाउ पुगी ग्यालेक्सी क्यासिनो मकाउमा कार्यरत नेपाली सुरक्षा गार्डहरुबाट सङ्कलित रकम नवीन धमलाको पहलमा मङ्गलबार स्थानीय खिलबहादुर धमला, नेकपा वडा न ९ वडा कमिटी अध्यक्ष भक्त बहादुर रेग्मी, लगायतले मृगौला पीडित रामकृष्ण रिजाललाई हस्तान्तरण गरेका हुन् । करिब ५ वर्षदेखि डाइलासिस गराउदै आउनु भएकोे रिजालको आर्थिक अवस्था कमजोर भएका कारण मृगौला प्रत्यारोपणमा समस्या उत्पन्न भएपछि धमलाले मकाउमा कार्यरत नेपालीहरुसँग आर्थिक सहयोगका लागि अपिल गरेका थिए । रिजालको उपचारको लागि विभिन्न संघ÷संस्थाहरुले आर्थिक सहयोग गर्न थालेपछि श्रीमानको उपचारमा केही राहत पुगेको श्रीमती रञ्जीला रिजालले बताईन् ।
प्रतिक्रिया दिनुहोस