धादिङ १५ श्रावण
श्रावण १५ गतेबाट त्रिशूली नदी लगायत जिल्लाका विभिन्न स्थानमा सञ्चालित क्रसरहरु पूर्ण रुपमा बन्द भएका छन् । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जिल्ला प्रशासन कार्यालय धादिङको आर्थिक वर्ष २०७६र०७७ मा सम्पादन भएका कार्यहरुको विवरण प्रस्तुत गर्ने क्रममा सो कुरा बताएका हुन् । जिल्लाका त्रिशूली, बुढी गण्डकी, आखु लगायतका नदीहरुमा अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन् भैरहेकाले सो कार्यलाई पूर्ण प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी तामाङले बताउनु भयो । असार, साउन र भदौमा नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने सरकारी मापदण्ड विपरित विभिन्न व्यक्ति तथा क्रसर उद्योगहरुले नदीजन्य पदार्थहरु उत्खनन गर्दै आएका थिए । जिल्ला प्रशासन कार्यालय धादिङले गत आर्थिक वर्षमा गरेका प्रगति सार्वजनिक गर्दै तामाङले जिल्लाको मुख्य सिमा नाकाहरुमा चेकजाचमा कडाइ गरेको, सार्वजनिक यातायातका साधनहरुमा विद्यार्थीहरुलाई ४५ प्रतिशत छुट गर्ने प्राबधानलाई कार्यान्वयन गराएको, सरकारले जारी गरेको लकडाउनलाई पूणर् रुपमा कार्यान्वयन गराउन सफल भएको, कोरोना सङ्क्रमण नियन्त्रण गर्न महत्त्वपूणर् भूमिका निर्वाह गरिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस