धादिङ १४ श्रावण
धादिङमा थप ७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टी भएको छ । श्रावण ११ गते ५९ जनाको स्वाव सङ्कलन गरी पिसिआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौँ पठाइएकोमा बिहिबार ७ जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला अस्पताल धादिङका सूचना अधिकारी विक्रम विकले जानकारी दिनुभयो । सङ्क्रमितहरुमा नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का ९ र २८ वर्षका पुरुष र ३० वर्षकी महिला, नीलकण्ठ नगरपालिका वडा नम्बर १२ का २६ र ४७ वर्षका पुरुष, सिद्धलेक गाउँपालिका वडा नम्बर ४ का ३२ वर्षका पुरुष र खनियाबास गाउँपालिका वडा नम्बर २ का २३ वर्षका पुरुष रहेका छन् । धादिङमा हालसम्म कोरोना सङ्क्रमित हुनेको सङ्ख्या १ सय ३७ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस