कृष्ण बहादुर लामिछाने
गोरखा जेष्ठ ३
भिमसेन थापा गाउँ पालिका ३ गोरखामा प्रहरी प्रतिनिधि र नागरिकबीच अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । हर प्रहर गाउँ र नगरी टोल टोलमा नेपाल प्रहरी भन्ने नाराका साथ इलाका प्रहरी कार्यालय आरुघाट गोरखाका प्रतिनिधि र भिमसेन थापा गाउँ पालिका वडा नं. ३ साविक तान्द्राङ ३ र ४ मा नागरिक समाज संघ संस्थाका प्रतिनिधि र स्थानीय तहका जनप्रतिनिधिहरुबीच अन्तरकृया कार्यक्रम सम्पन्न भएको हो । इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी हवल्दार राज कुमार शाही र कपिन्द्र अधिकारीले सहजीकरण गर्नुभएको कार्यक्रममा समुदायमा हुन सक्ने आपराधिक कृयाकलापलाई कसरी न्यूनीकरण गरी शान्तिपूर्ण एवं सुरक्षित समाज निर्माण गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो । भेलाले सामुदायिक प्रहरी साझेदारीमा वडा नं ३ का वडा सदस्य राम्जी प्रसाद दाहाल संयोजक रहने गरी १७ सदस्यीय टोल समिति गठन गरिएको छ । समितिको सदस्य सचिवमा इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी हवल्दार राजकुमार शाही रहनुभएको छ ।
प्रतिक्रिया दिनुहोस