धादिङ ०९ श्रावण
गत सोमबारको अबिरल वर्षासँगैको बाढीले चितवन र धादिङको सिमानामा पर्ने मौवाखोलाको पुल बगाएर पूर्ण रुपमा अबरुद्ध भउको पृथ्वी राजमार्ग शुक्रबारबाट एकतर्फी रुपमा सञ्चालनमा आएको छ । अबिरल वर्षाका कारण बेनिघाट रोराङ गाउँपालिका वडा नं. १० मौवाखोला स्थित पृथ्वी लोकमार्ग जोड्ने पुल छेउको सडक खण्ड खोलाले कटान गरी भत्किएको सडकमा नेपाली सेनाले ग्याबिन जाली भरेर मर्मत गरेपछि शुक्रबार बिहानबाट मोटरसाइकल र स–साना कारहरु सञ्चालन आएको हो । मौवाखोलाको पुल र सडक जोड्ने १२ मिटर भाग नेपाली सेनाले ग्याबिन जाली राखी मर्मत गरिरहेको छ । सोमबारबाट मौवाखोला पुलसगैको भाग भत्किएपछि नेपाली सेना र डिभिजन सडक कार्यालय भरतपुरको समन्वयमा नेपाली सेनाले भत्किएको ठाउँमा ग्याबिन जाली भर्न सुरु गरेको हो ग्याबिन वाल निर्माण कार्यमा सेना, प्रहरी र सडक विभागका साथै बेनिघाट रोराङ गाउँपालिकाका १ सय भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस