धादिङ ०८ श्रावण
यही श्रावण २६ र २७ गते हुन लागेको नेपाल उद्योग वाणिज्य महासंघको आशन्न निर्वाचनका लागि धादिङबाट बोदनाथ दुवाडीले उम्मेदवारी दिएका छन् । धादिङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहेका दुवाडीले वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको प्यानलबाट कार्यकारिणी समिति सदस्यमा खुल्ला तर्फको सदस्यमा उम्मेदवारी दिएका हुन् । १ सय ५ जिल्ला नगर उद्योग वाणिज्य संघको मतभार ५० प्रतिशत रहन्छ भने वस्तुगत संघहरुको मतभार २० प्रतिशत रहन्छ । यस्तै ९ सय एसोसिएट कर्पोरेट हाउसका प्रतिनिधिहरुले निर्वाचनमा सहभागिता जनाउने छन् । साउन २६ र २७ गते ललितपुरमा आयोजना हुन गैरहेको नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा तथा निर्वाचनमा आफूलाई अमूल्य मत दिएर विजयी गराउन दुवाडीले सबैमा आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस