धादिङ ०६ श्रावण
अबिरल बर्षासंगै आएको बाढी, पहिरोका कारण कारण धादिङ जिल्लामा भौतिक तथा मानविय क्षति भएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङले मङ्गलबार एक पे्रस विज्ञप्ती निकालेको छ । बाढी पहिरोले क्षति पु¥याएका स्थानहरुमा तीनै तहका सरकार, पार्टी पंक्तिहरुलाई पा्रकृतिक विपत्तीमा पीडितको उद्दार तथा उपचारमा विशेष ध्यान दिन आग्रह गर्दै विज्ञप्ति निकालिएको हो । नेकपा धादिङका अध्यक्ष नेत्रराज पौडेल र सचिव विजय बुर्लाकोटीद्धारा हस्ताक्षरित विज्ञप्तिमा विषम परिस्थितिमा उद्धार, राहत र पुनस्र्थापनामा सक्रियतापूर्वक लाग्न भनिएको छ । विज्ञप्तिमा बाढी पहिरोकै कारण धादिङको त्रिपुरासुन्दरी, गजुरी र थाक्रे गाउँपालिकाका पहिरोमा परेर तथा खोलाले बगाएर ज्यान गुमाउनेहरुप्रति गहिरो समवेदना समेत व्यक्त गरिएको छ ।
प्रतिक्रिया दिनुहोस