धादिङ जेष्ठ ३
महामानव एवं शान्तिका दूत गौतम बुद्धको जन्म जयन्तिको अवसरमा धादिङ बोर्डिङ माध्यमिक विद्यालयले विभिद कार्यक्रम सम्पन्न गरेको छ । नेपाली संस्कृति, पहिचान, नेपाली इतिहासलाई स्मरण गर्दै त्यसको सिको गर्ने क्रममा आज विद्यालयमा बुद्ध जयन्ति मनाइएको हो ।
प्राथमिक तहका विद्यार्थीहरुले गौतम बुद्धले दिनुभएको अष्टमार्ग र सन्देश झल्किने खालका नृत्य तथा उनले छाडेर गएको विचार प्रस्तुत गरेका थिए । साथै बुद्ध जयन्तिका अवसरमा शिक्षक, विद्यार्थीबीच शुभकामना आदान प्रदान समेत भएको थियो ।
हरेक पर्व, जयन्तिलाई विभिन्न तरिकाले विद्यार्थीहरुलाई सहभागि गराउँदै आएको धादिङ बोर्डिङ माध्यमिक विद्यालयले विद्यार्थीहरुलाई किताबी ज्ञानले मात्र पुग्दैन कला, संस्कृति, रीति रिवाज र सामाजिक कार्यमा पनि उत्तिकै सहभागिता गराउँदै आएको विद्यालयका प्राइमरी लेभल इन्चार्ज अनिता श्रेष्ठले बताउँनु भयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हरि लम्साल, एजुकेटिभ डाइरेक्टर सुरेन्द्र शाह लगायत शिक्षक विद्यार्थी र केही अभिभावकहरुको समेत उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस