रसुवा श्रावण १
रसुवाको कालिका गाउँपालिका वडा नं. ५ जिवजिवेमा रहेको नीलकण्ठ नमूना माध्यमिक विद्यालयले १८ महिने पशु स्वास्थ्य (TSLC) सञ्चालनका लागि स्वीकृति प्राप्त गरेको छ । प्राबिधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद(CTEVT)को मिति २०७७ आषाढ ९ गतेको निणर्य अनुसार आगामी शैक्षिक सत्रबाट सुरु गर्ने गरी नीलकण्ठ नमूना माध्यमिक विद्यालयले स्वीकृति प्राप्त गरेको हो । प्रायसः साधारण शिक्षामा मात्र निर्भर रसुवा जिल्लाको शैक्षिक अवस्थामा पछिल्लो समय जिल्लाका विभिन्न सामुदायिक विद्यालयहरुमा प्राविधिक धारका शैक्षिक कार्यक्रमहरु विस्तार हुन थालेका छन् । जस अन्तरगत गोसाइकुण्ड गाउँपालिकाको स्याफ्रूमा सब ओभरसियर, उत्तरगया गाउँपालिकाको बेत्रावतीमा ICT, नौकुण्ड गाउँपालिकाको र्सस्यूमा बालि विज्ञान लगायतका प्राविधिक धारका कक्षाहरु सञ्चालन भइरहेका छन् ।
जिवजिवेमा पहिलो पटक प्राबिधिक धारको कक्षा सञ्चालन हुने भएपछि विद्यार्थी र स्थानीय अभिभावकहरुमा खुसी छाएको छ ।
प्रतिक्रिया दिनुहोस