धादिङ ३० आषाढ
कोरोना भाइरस (कोभिड १९) लाई मध्ये नजर गर्दै नारी जागरण केन्द्र धादिङ र यु.एम.एन. धादिङले संयुक्त रुपमा मङ्गलबार नीलकण्ठ नगरपालिकालाई स्वास्थ्य तथा सुरक्षा सामग्री हस्तान्तरण गरिएको छ । धादिङको १३ वटै स्थानीय तहमा कोरोना भाईरस रोकथाम तथा नियन्त्रणको लागि सहयोग पुग्ने उद्धेश्यले स्वास्थ्य तथा सुरक्षा सामाग्री हस्तान्तरण गरिएको नारी जागरण केन्द्र धादिङकी कार्यकारी निर्देशक भगवती उप्रेतीले बताउनु भयो । सेमि फोल्डिङ आईशोलेसन वेड १४ वटा, पानी तताउने भाडा २ वटा, थर्मलगन २ वटा, ५ वटा पिपिइ सेट, डिजिटल थर्ममिटर ३ सेट, १२ प्याकेट सर्जिकल माक्स, एन नाइन्टिन माक्स १४ पिस, डेटोल साबुन ७० वटा, सय एमएलको सेनिटाईजर २ वटा, ह्याण्ड सेनिटाईजर १ सय २० एमएलको १५ वटा, ब्रस र मन्जन १५/१५ वटा, लगायतका स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरिएको हो । यस्तै छिमेकी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय धादिङले पनि ह्याण्ड सेनिटाईजर र सर्जिकल माक्स हस्तान्तरण गरेको छ ।
प्रतिक्रिया दिनुहोस